राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा कटुवाल नियुक्त

नेपालभ्युज

राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा कटुवाल नियुक्त

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रवेश कटुवाललाई नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । एन्फाले मंगलबार पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि कटुवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जनाएको हो ।

एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले कटुवाललाई नियुक्ति पत्र दिएका थिए । कटुवालले मछिन्द्र फुटबल क्लबलाई ‘ए’ डिभिजन लिगको उपाधि जिताएका छन् ।

नेपालले नोभेम्बर १६ मा पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल साँझ ५ बजे हुने एन्फाले जनाएको छ ।फिफाको प्रतिबन्ध फुकुवासँगै आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तान नेपाल आउन लागेको हो।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएपछि नेपाल नियमित मुख्य प्रशिक्षकविहीन रहँदै आएको थियो । यसअघि बंगलादेशविरुद्धको मैत्रीपूर्णमा प्रदीप हुमागाईले टिम हेरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved