टी-२० विश्वकप क्रिकेट

न्युजिल्याण्ड इङ्ल्याण्डसँग पराजित, श्रीलंकामाथि दबाब, आयरल्याण्ड पनि बाहिरियो

यो खेलको नतिजाले सेमिफाइनल पुग्ने टोलीको समिकरण पनि रोचक बनेको छ । न्यूजिल्याण्डको पराजयले श्रीलंकालाई भने घाटा पुगेको छ ।

नेपालभ्युज

न्युजिल्याण्ड इङ्ल्याण्डसँग पराजित, श्रीलंकामाथि दबाब, आयरल्याण्ड पनि बाहिरियो

काठमाडौं । टी-ट्वान्टी विश्वकप क्रिकेटमा इङ्ल्याण्डले न्युजिल्याण्डलाई हराएको छ । यो जितसँगै इङ्ल्याण्ड समूह १ को तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

यो खेलको नतिजाले सेमिफाइनल पुग्ने टोलीको समिकरण पनि रोचक बनेको छ । न्यूजिल्याण्डको पराजयले श्रीलंकालाई भने घाटा पुगेको छ । सबै टोलीले चार खेल खेल्दा न्युजिल्याण्ड पाँच अंकसहित पहिलो, इङ्ल्याण्ड उति नै अंकसहित दोस्रो र अष्ट्रेलिया पनि पाँच अंकसहित तेस्रो स्थानमा छन् ।

श्रीलंका भने चार अंकसहित चौथो स्थानमा खस्किएको छ । आयरल्याण्ड भने सेमिफाइनलको दौडबाट बाहिरिएको छ । यसअघि यही समूहको अफगानिस्तान पनि बाहिरिएको थियो । अब अन्तिम खेलले चार मध्ये दुई टोलीलाई सेमिफाइनलमा पुर्‍याउनेछ ।

मंगलबारको दोस्रो खेलमा १८० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डलाई ६ विकेट क्षतिमा १५९ रनमा रोकेर इङ्ल्याण्डले २० रनको जित निकालेको हो । ग्लेन फ्लिप्सले ६२ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । केन विलियम्सनले ४० रनको योगदान गरे । इङ्ल्याण्डका लागि क्रिक्स वाक्स र साम करनले २-२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले ६ विकेट गुमाएर १७९ रन बनाएको थियो । जोस बटलरले ४७ बलमा ७३ रन बनाए । यस्तै एलेक्स हल्सले पनि ५२ रनको योगदान गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved