ट्वीटरको निलो टिकवालाले मासिक रकम तिर्नेबारे मस्कले दिए यस्तो जानकारी

नेपालभ्युज

ट्वीटरको निलो टिकवालाले मासिक रकम तिर्नेबारे मस्कले दिए यस्तो जानकारी

काठमाडौं । अमेरिकी व्यवसायी एलन मस्कले ट्वीटरमा निलो टिकको प्रयोगमा फीस लगाउनेबारे थप जानकारी दिएका छन् ।

हालै ट्वीटर किनेका मस्कले यसलाई रकम उठाउने माध्यम बनाउन लागेको खवर आइरहँदा पछिल्लो जानकारी दिएका हुन् । निलो टिकका लागि प्रतिमहिना २० डलर तिर्नुपर्ने चर्चाका बीच मस्कले कति रकम भनेर अझै स्पष्ट नभएको तर निशुल्क भने नपाउने संकेत गरेका छन् ।

अमेरिकी लेखक स्टीफ़न किंगले के अब मैले ट्वीटरको ब्लु टिकका लागि प्रतिमहिना २० डलर खर्च गर्नुपर्ने हो ? यदि त्यसो भने म यसलाई छाडेर जानेछु भन्दै गरेको ट्वीटमा जवाफ दिँदै मस्कले अब आफूहरु केवल विज्ञापन दाताको भरोसामा मात्रै चल्न नसक्ने बताएका छन् ।

उनले आफूले पनि कर तिर्नु पर्ने भन्दै ८ डलर ठिक हुन्छ की ? भनेर प्रश्न गरेका छन् । मस्कले यो व्यवस्था ल्याउनु अघि कारणबारे विस्तारमा बयान गर्ने पनि बताएका छन् । ह्यान्डल भेरिफाइड गरेपछि ट्वीटरले निलो टिक दिने गरेको छ । मस्कका अनुसार अब यस्तो टिक भएकाले प्रतिमहिना रकम तिर्नुपर्नेछ । तर रकम कति हुन्छ भनेर उनले अझै स्पष्ट पारेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved