अर्घाखाँचीमा एअरपोर्टको धावनमार्गमै मोटरसाइकल दुर्घटना, दुई जनाको ज्यान गयो

सन्धिखर्क नगरपालिका–१ मिडियाचोकका २६ वर्षीय रोशन सुनाम र २२ वर्षीय कृतिम रायमाझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले बताए ।

नेपालभ्युज

अर्घाखाँचीमा एअरपोर्टको धावनमार्गमै मोटरसाइकल दुर्घटना, दुई जनाको ज्यान गयो
सांकेतिक तस्वीर।

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन एअरपोर्टको धावनमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन एअरपोर्टको धावनमार्गमा प्रदेश नम्बर २–०३८–प–५०३२ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलका चालकसहित दुई जनाको ज्यान गएको छ।

सन्धिखर्क नगरपालिका–१ मिडियाचोकका २६ वर्षीय रोशन सुनाम र २२ वर्षीय कृतिम रायमाझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले बताए ।

यस्तै, त्यही ठाउँमा बा २५ प ८८७६ नम्बरको मोटरसाइकल पल्टिँदा  सन्धिखर्क–२ आटिकापाटाका ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved