विश्वकप क्रिकेट : जिम्बावेसँग हारेपछि पाकिस्तान संकटमा

नेपालभ्युज

 विश्वकप क्रिकेट : जिम्बावेसँग हारेपछि पाकिस्तान संकटमा

काठमाडौं। आईसीसी टी–२० विश्व कप क्रिकेटमा जिम्बावेले पाकिस्तानलाई हराएको छ । पर्थमा भएको खेलमा जिम्बावेले पाकिस्तानलाई एक रनले हराएको हो ।

जिम्बावेले दिएको एक सय ३१ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २९ रनमात्र बनाउन सक्यो । उसका शन मसुदले ४४ रन बनाए । बलिङतर्फ जिम्बावेका सिकन्दर राजाले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३० रन बनायो । उसका सेन विलियम्सले ३१ रन बनाए । बलिङतर्फ पाकिस्तानका मोहम्मद वसिमले चार र शदाब खानले तीन विकेट लिए ।

जितसँगै जिम्बावे दुई खेलमा तीन अङ्कसहित समूह बी को तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पाकिस्तान भने अङ्कविहीन छ ।  उसलाई सेमिफाइनलमा पुग्नको लागि अबका सबै खेल जित्नुपर्ने र अरुको नतिजामा भर पर्नुपर्ने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved