बार्सिलोना समूह चरणबाटै बाहिरियो

नेपालभ्युज

बार्सिलोना समूह चरणबाटै बाहिरियो

काठमाडौं। बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको छ। गएराती सम्पन्न समुह सी अन्तर्गतको खेलमा बायर्न म्युनिखसँग ३-० गोल अन्तरले पराजित भएसँगै बार्सिलोना च्याम्पियन्स लिगको समुह चरणबाट बाहिरिएको हो।

बायर्न म्युनिखको जितमा साडियो माने, एरिक म्याक्सिम र बेन्जामिन पाभार्डले एक एक गोल गरेका थिए। समुह सी बाट बायर्न म्युनिख सबै ५ खेल जितेर १५ अंकसहित यसअघि नै नकआउट चरणमा पुगिसकेको छ।

यस समुह बाट इन्टर मिलान नकआउट चरणमा पुगेको छ। त्यस्तै बार्सिलोना लगातार दोस्रो बर्ष समुह चरणबाट बाहिरिएको छ। यस समुहबाट भिक्टोरिया प्लेजेन पनि बाहिरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved