बन्दसूचीबाट नाम हटाइएका ५५० मध्ये कुन पार्टीका कति ? सूचीसहित

उमेर नपुगेका, जरिवाना नतिरेका तथा सरकारी नियुक्ति लिएर बसेका लगायतको नाम बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ।

नेपालभ्युज

बन्दसूचीबाट नाम हटाइएका ५५० मध्ये कुन पार्टीका कति ? सूचीसहित
फाइल तस्वीर

काठमाडौं। निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको बन्दसूची रहेकामध्ये ५५० जनाको नाम हटाएको छ।

आयोगले विभिन्न पार्टीबाट नाम हटाइएका उम्मेदवारहरुको विवरण सार्वजनिक गरेको हो। उमेर नपुगेका, जरिवाना नतिरेका तथा सरकारी नियुक्ति लिएर बसेका लगायतको नाम बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ।

आयोगका अनुसार प्रदेशसभातर्फ प्रदेश १ मा ४५ जनाको नाम बन्दसूचीबाट हटेको छ। यस्तै मधेश प्रदेशबाट ८४, बागमती प्रदेशबाट ७१, गण्डकी प्रदेशबाट २२, लुम्बिनी प्रदेशबाट ७८, कर्णाली प्रदेशबाट २२ र सुदूरपश्चिम प्रदेशबाट २५ जनाको नाम बन्दसूचीबाट हटेको छ।

यसैगरी प्रतिनिधिसभातर्फ २०३ जनाको नाम बन्दसूचीबाट हटेको छ। प्रदेशसभाको समानुपातिक उम्मेदवारका लागि पेस भएको बन्दसूचीबाट नेपाली कांग्रेसका ३ जनाको उम्मेदवारी खारेज भएको छ।

बन्दसूचीबाट साधना बिसी (विश्वकर्मा) को उमेर नपुगेका कारण, मोहम्मद सईद खाँको बन्दसूची र मतदाता नामावलीमा लैंगिक पहिचान फरक परेको र अंशुकुमारी सिंहको मतदाता नामावलीमा नाम नभएका कारण हटाइएको निर्वाचन आयोगले जनाएको छ।

नेकपा माओवादी केन्द्रबाट बन्दसूची पेस भएका मध्येबाट ११ जनाको नाम हटेको छ। जसमा ८ जनाले जरिबाना नबुझाएको, दुईजनाको बन्दसूची र मतदाता नामावलीमा लैंगिक पहिचान फरक परेको, एकजना दोहोरो उम्मेदवार परेको पाइएको छ।

नेकपा एकिकृत समाजवादीबाट ११ जना अयोग्य पाइएका छन्। जसमा ९ जनाले आयोगबाट लागेको जरिबाना नबुझाएका कारण र एकजनाको उमेर नपुगेका कारण उम्मेदवारी खारेज भएको छ। जनता समाजवादी पाटी (जसपा) नेपालका १३ जनाको नाम खारेज भएको छ।

उनीहरूमध्ये जरिबाना नबुझाएका १० जना र तीनजनाको सम्बन्धित प्रदेशको मतदाता नभएको पाइएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको १८ जनाको उम्मेदवारी खारेज भएको छ।

जसमा १२ जना जरिबाना नतिर्ने, तीनजनाको दोहोरो उम्मेदवारी, दुईजनाको बन्दसूची र मतदाता नामावलीमा लैंगिक पहिचान फरक परेको कारण, एकजनाको उमेर नपुगेको आयोगले जनाएको छ। यस्तै उम्मेदवारी खारेजीमा पर्ने राप्रपाका १४ जना छन्।

जसमा १० जनाले जरिबाना नबुझाएको, २ जना दोहोरो उम्मेदवार, एकजनाको उमेर नपुगेको र एकजना सम्बन्धित प्रदेशबाट नभएकाले अयोग्य ठहरिएका छन्।

यस्तो छ सूची


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved