रोल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु, ७ गम्भीर घाइते

नेपालभ्युज

रोल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु, ७ गम्भीर घाइते
फाइल तश्वीर

काठमाडौं । रोल्पाको सुलिचौरमा बुधबार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १० भन्दा धेरै घाइते भएका छन् ।

सुनीलस्मृति गाउँपालिका–४ सेवाकेन्द्र भन्ने ठाउँबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जीप लिवाङ–भालुवाङ सडक खण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा दाङ घोराही उपमहानगरपालिका– ६ का ५८ वर्षका विष्णु रिजाल र ६० वर्षका नारायण रिजाल तथा रोल्पा नगरपालिका–३ कि ५० वर्षकी फाम्सी केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
घाइतेमध्ये ७ जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज पठाइएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved