आफूले चुनेका प्रतिनिधि फिर्ता बोलाउने अधिकार पनि जनताले पाउनुपर्‍यो : बाबुराम भट्टराई

भट्टराईले भने, “राइट टू रिजेक्ट-राइट टू रिकलको अधिकार हुनुपर्छ । जनतालाई मन परेको प्रतिनिधि पठाउने र फिर्ता बोलाउने अधिकार हुनुपर्‍यो । नत्र सधैँ एउटै व्यक्ति गइरहने, ढाँट्ने अनि कामचाहिँ केही नगर्ने क्रम चलिरहन्छ ।”

नेपालभ्युज

आफूले चुनेका प्रतिनिधि फिर्ता बोलाउने अधिकार पनि जनताले पाउनुपर्‍यो : बाबुराम भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मन परेको प्रतिनिधि पठाउने र फिर्ता बोलाउने अधिकार जनतालाई हुनुपर्ने बताएका छन् । काठमाडौंमा आइतबार पार्टीको प्रतिवद्धतापत्र सार्वजनिक गर्दै अध्यक्ष भट्टराईले “राइट टू रिजेक्ट र राइट टू रिकलको व्यवस्था गर्नुपर्ने एजेण्डा अघि सारेका हुन् ।
उनले भने, “राइट टू रिजेक्ट-राइट टू रिकलको अधिकार हुनुपर्छ । जनतालाई मन परेको प्रतिनिधि पठाउने र फिर्ता बोलाउने अधिकार हुनुपर्‍यो । नत्र सधैँ एउटै व्यक्ति गइरहने, ढाँट्ने अनि कामचाहिँ केही नगर्ने क्रम चलिरहन्छ ।”
अध्यक्ष भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मोडलमा जानुपर्ने समेत बताए । उनले भने ” माथि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेशमा प्रत्यक्ष निर्वाचित प्रमुख हुने प्रणाली हुनुपर्‍यो । एक व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति वा प्रदेश प्रमुख हुन नपाउने व्यवस्था हुनुपर्छ ।”
अवसर पाउँदा काम गरेर देखाएको भन्दै उनले भने, “अवसर पाए काम गर्न सक्छौँ, त्यो कुरा मेरो प्रधानमन्त्रीत्व कालमा पनि देखिएको हो । हामी सत्तामा पुग्यौँ भने संविधान जोगाउने र त्यसले प्रत्याभूत गरेका हक-अधिकारको पूर्ण कार्यान्वयन पहिलो प्राथमिकतामा राख्छौँ ।”
उडन्ते कुरा गर्ने तर, कार्यान्वयन नगर्ने प्रवृति हाबी भइरहेको भन्दै अध्यक्ष भट्टराईले आफूहरुले पपुलिस्ट कुरा नगर्ने बरु प्रतिबद्धताअनुसार नै काम गर्ने बताए । उनले भने, “हामी जे भन्छौँ त्यो गर्छौँ, नगर्ने कुरा प्रतिबद्धतापत्रमा पनि समावेश गरेका छैनौँ ।

सबैलाई लोकतन्त्र, सबैको समृद्धि हाम्रो प्रमुख प्रतिबद्धता हो । समृद्धि भनेको बहुआयामिक हुन्छ । समृद्धि सबैलाई हुनुपर्‍यो । कोही-कसै मात्रै धनी भएर भएन, सबै हुनुपर्‍यो ।”

माओवादी केन्द्रसँग पार्टी एकता भन्दा पनि नयाँ पार्टी बनाउनेबारे छलफल भइरहेको भट्टराईले बताए । उनले भने, ‘नयाँ ढङ्गको ध्रुवीकरण बनाउने भन्ने हो । सधैँभरी एउटै पार्टी उसैगरी रहन सक्दैन, माओवादीसँग मात्रै होइन, अरु विचार मिल्ने दलसँग पनि मिलेर नयाँ पार्टी बनाउने हो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved