टी-२० विश्वकपमा भारत र पाकिस्तान भिड्दै, वर्षाले खेल प्रभावित हुने सम्भावना

नेपालभ्युज

टी-२० विश्वकपमा भारत र पाकिस्तान भिड्दै, वर्षाले खेल प्रभावित हुने सम्भावना

काठमाडौं। आईसिसी पुरूष टी-२० विश्वकप क्रिकेटअन्तर्गत आज चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमुन्नेसामुन्ने हुने भएका छन्।

अष्ट्रेलियाको मेलबर्नमा हुने खेललाई मौसमले प्रभाव पार्नसक्ने मौसमविद्ले अनुमान गरेका छन्। भारत र पाकिस्तानबीचको खेल हुने समयमा ७०-८० प्रतिशतसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद्‍ले पूर्वानुमान गरेका छन्।

वर्षाका कारण यो खेल रद्द भए अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले करिब नौ अर्ब २९ करोड ६० लाख रूपैयाँ घाटा बेर्होनुपर्छ। विश्वकपमा भारत र पाकिस्तानबीच हुने खेलको टिकट बिक्री भएको केही घन्टामै सोल्डआउट भएको थियो। यदि वर्षाले खेल रद्द भएमा दुबै टोलीले १-१ अंक बाँढ्नेछन्। यी दुईबीच अर्को खेल हुनेछैन।

यी दुई टोलीबीच गत वर्ष युएईमा भएको टी-२० विश्वकपमा पाकिस्तानले पहिलोपटक भारतलाई दश विकेटले हराएको थियो। अहिलेसम्म अन्तर्राष्ट्रिय टी-२० खेलमा भारत र पाकिस्तानले एकआपसमा ११ खेल खेलेका छन्। जसमा भारतले सात र पाकिस्तानले तीन खेलमा जित निकालेको छ। एक खेल टाई भएको छ। पाकिस्तानले भारतलाई एकदिवसीय विश्वकपमा हराउन सकेको छैन।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved