आयुर्वेदको अनुसन्धानमा बजेट पर्याप्त छैन : डा. उपाध्याय

नेपालभ्युज

आयुर्वेदको अनुसन्धानमा बजेट पर्याप्त छैन : डा. उपाध्याय

काठमाडौं। बजेट अभावका कारण आयुर्वेदक्षेत्रको अनुसन्धान हुन नसकेको आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले बताएका छन् । शुक्रबार धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आयुर्वेद दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दैं आयुर्वेद क्षेत्र सरकारको प्राथमिकतामा नपरेको बताएका छन् ।

उनले भने ‘जसरी एन्टिबायोटिकका लागि सरकारले लगानी गरिरहेको हुन्छ, तर आयुर्वेदमा लगानी पर्याप्त छैन, हामीले नयाँ अनुसन्धान गर्न सकिरहेका छैनौँ ’ आयुर्वेद औषधिको प्रचार-प्रसार नहुनुले यसक्षेत्र पछाडी परेको उनको भनाइ छ । यस्ते उनले आयुर्वेद औषधिबारे भ्रम छर्नेकाम भएको बताए ।

आयुर्वेद उपचार पद्धति मानिसको जीवन पद्धतिसँग जोडिएको उपचार पद्धति भएकाले यसको प्रयोगले मानिसलाई फाइदा पुग्ने उनले बताए । उनले भने ‘जुन औषधिले रोगलाई निको पार्छ जथाभावी प्रयोग गर्दा त्यसले नकारात्मक असर पनि गर्न सक्छ,’ उनले भने, ‘त्यसकारण आयुर्वेदिक औषधि भन्दैमा जथाभावी सेवन गर्नुहुँदैन।’

सो अवसरमा एक वर्षमा देशभर १७ लाखभन्दा बढी बिरामीहरूलाई आयुर्वेदिक उपचार सेवा प्रदान गरेको जानकारी उनले दिएका थिए । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागकाअनुसार हाल नेपालभर २ सय ९८ वटा नागरिक आयुर्वेद सेवा केन्द्र, ३ सय ८२ वटा नागरिक आरोग्य समिति, ३ सय ५ वटा आयुर्वेद औषधालय र ७७ वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन् ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले ७७ वटै जिल्लामा आयुर्वेद चिकित्सा सेवा, जेष्ठ नागरिक सेवा कार्यक्रम, स्तनपाई आमा दुग्धवर्द्धक औषधि वितरण, नागरिक आरोग्य कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग कार्यक्रम, आयुर्वेद योग शिविर, खुला योग तथा व्यायाम कार्यक्रमलगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved