बलात्कारको मुद्दामा ट्रम्पले दर्ता गरे बयान

नेपालभ्युज

बलात्कारको मुद्दामा ट्रम्पले दर्ता गरे बयान

अमेरिका। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मानहानीको मुद्दामा आफ्नो बयान दर्ता गरेका छन् । यसअघि, ई जिन क्यारोलले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध  यो मुद्दा दायर गरेकी थिइन् ।

क्यारोलले डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप लगाएकी छिन् । तर, ट्रम्पले ती आरोपहरूलाई खारेज गर्दै क्यारोलले झुट बोलेको बताएपछि क्यारोलले उनीविरुद्ध मानहानीको मुद्दा दायर गरिन् ।

ई जीन क्यारोलले सन् १९९० को दशकमा न्युयोर्कको एक लक्जरी डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रुममा ट्रम्पले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

जीन क्यारोलका वकिलले ट्रम्पको बयानसँग सम्बन्धित जानकारी अहिलेसम्म साझा गरेका छैनन्, तर उनले बुधबार ट्रम्पले आफ्नो बयान दर्ता गरेको भन्ने जानकारी भने दिए ।

एक बयानमा, डोनाल्ड ट्रम्पका वकिल एलिना हबाले यो मुद्दा ट्रम्पविरुद्धको राजनीतिक षड्यन्त्र भएको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved