जोटा र कान्टेले कतार विश्वकप गुमाउने

नेपालभ्युज

जोटा र कान्टेले कतार विश्वकप गुमाउने

काठमाडौं। पोर्चुगिज फरवार्ड डिएगो जोटा र फ्रान्सका मिडफिल्डर एनगोलो कान्टेले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल गुमाउने भएका छन्।

जोटाले काल्फ चोटका कारण तथा कान्टेले ह्यामस्ट्रिङमा चोटका कारण विश्वकप गुमाउने भएका हुन्। लिभरपुलका फरवार्ड जोटाले प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटिबिरुद्धको खेलमा चोट बोकेका थिए। उक्त खेलमा लिभरपुल १-० ले विजयी भएको थियो।

लिभरपुलका मुख्य प्रशिक्षक क्लोपले जोटाले विश्वकप गुमाउने पुष्टि गरे। जोटाले हालै लिभरपुलसंगको सम्झौता नवीकरण गरेका थिए। २५ वर्षीय फरवार्ड २०२७ सम्म लिभरपुलमा रहने छन्। जोटा २०२० मा उल्भ्सबाट लिभरपुल आएका थिए।

यस्तै इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मिडफिल्डर कान्टेले प्रशिक्षणको दौरान चोट बोकेका थिए। फ्रान्सको विश्वकप विजेता ३१ वर्षीय कान्टेले १४ अगस्टमा टोटेनहेमविरुद्धको खेलपछि खेलेका छैनन्। कतार विश्वकप आगामी नोभम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved