राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भन्छन् : उम्मेदवारी फिर्ता लिन मन्त्री चौधरीले धम्की दिए

नेपालभ्युज

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भन्छन् : उम्मेदवारी फिर्ता लिन मन्त्री चौधरीले धम्की दिए

बारा। बारा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार गणेश धिमाललाई उम्मेदवारी फिर्ता लिन भन्दै नेपाली कांग्रेसका सह-महामन्त्री एवं खानेपानीमन्त्री उमाकान्त चौधरीले धम्काएका छन् ।

यसअघि, कांग्रेसको मधेस प्रदेश सदस्य रहेका धिमालले राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा-१ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेपछि मन्त्री चौधरीले फिर्ता लिन धम्की दिएका हुन् । मन्त्री चौधरी सत्ता गठबन्धनको तर्फबाट सोही क्षेत्रबाट उम्मेदवार हुन् ।

‘उम्मेदवारी फिर्ता लिएर आफूलाई समर्थन गर्न र अन्यथा आफूले हारे जे पनि हुन सक्ने’ भन्दै मन्त्री चौधरीले शनिबार राति घरमै आएर धम्क्याएको धिमालले बताए । आफूले केही पनि नगर्ने तर आफू पराजित भए मेरा केटाहरूले जे पनि गर्न सक्छन् । त्यसैले, उम्मेदवारी फिर्ता लिनोस् भनेर चौधरीले धम्काएको धिमालको भनाइ छ ।

राति करिब ११ बजे ५० जना युवाहरूको समूह लिएर धिमालको घरमा पुगेका चौधरीले उम्मेदवारी फिर्ता लिन र सहयोग गर्ने दबाब दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved