नवौं राष्ट्रिय खेलकुद : डिस्कस थ्रोमा आर्मी र लुम्बिनीलाई स्वर्ण

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद : डिस्कस थ्रोमा आर्मी र लुम्बिनीलाई स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्स–डिस्कस थ्रोमा चित्रबहादुर वली र संगीता अधिकारीले स्वर्णपदक जितेका छन्।

पुरुषतर्फ वलीले ३८.४८ मिटरको दूरीमा डिस्कस पुर्‍याउँदै त्रिभुवन आर्मी क्लबका लागि स्वर्ण जितेका हुन् । ३२.७५ मिटर प्रहार गरेका नेपाल पुलिस क्लबका पुस्कल खड्काले रजत जित्न सफल भए। ३१.१० मिटरको दूरीसम्म डिस्कस पुर्‍याएका सुदूरपश्चिम प्रदेशका हेमन्त पालले भने कांस्यपदक जिते ।

महिलातर्फमा भने संगीताले डिस्कसलाई ३५.१० मिटरको पार गराउँदै लुम्बिनी प्रदेशको लागि स्वर्ण जितिन् । जितकुमारीले ३३.६० मिटरसम्म डिस्कस पुर्‍याउँदै एपीएफका लागि रजत जितिन् । मिलन बढामगरले डिस्कसलाई ३२.३५ मिटरको दूरीसम्म फाल्दै कांस्य जितिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved