प्रभु साहले गरे स्वतन्त्र उम्मेदवार जिताऊ अभियानको घोषणा

नेपालभ्युज

प्रभु साहले गरे स्वतन्त्र उम्मेदवार जिताऊ अभियानको घोषणा

काठमाडौं। एमालेको टिकट लत्याएर प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेका पूर्वमन्त्री प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताऊ अभियानको घोषणा गरेका छन्।

दलीय प्रणाली र दलका नेताहरूको अनैतिक क्रियाकलापबाट लोकतन्त्र नै संकुचित भएको र देश अस्थिरताको भुमरीमा फस्दै गएको भन्दै स्वतन्त्र उम्मेदवारलाई जिताउन अभियान सञ्चालन गर्न लागेका हुन्।

उनले समयसापेक्ष सुधार गरी देशमा सुशासन, स्थिरता, विकास र समृद्धिका लागि आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवार जिताउने अभियान अन्तर्गत मधेस प्रदेशका ८ वटै जिल्लाको संयोजक तोकेका छन्।

अभियानको जिल्ला संयोजकका रूपमा पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहटमा त्रिभुवन साह ‘अमर’, सर्लाहीमा राजनन्दन चौधरी, महोत्तरीमा राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा सरोज यादव र सप्तरीमा वसन्त मण्डललाई जिम्मेवारी तोकिएको छ।

अभियानलाई वडा तह देखि राष्ट्रियस्तरको संरचनामा खडा गर्ने संयोजक प्रभु साहले विज्ञप्ति जारी गरी जनाएका छन्। एमालेले जसपासँग गठबन्धन गरेपछि त्यसको विरोध गर्दै पूर्वमन्त्री साहले एमालेको टिकट लत्याएर रौतहटको क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved