नवौं राष्ट्रिय खेलकुद : विभागीय टोलीको वर्चस्व कायमै

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद : विभागीय टोलीको वर्चस्व कायमै

काठमाडौं। गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोलीकै वर्चश्व कायम छ। नेपाल आर्मी क्लबले पदक तालिकामा अग्रतालाई कायमै राखेको हो।

सशस्त्र प्रहरी वलको एपीएफ दोस्रो तथा नेपाल पुलिस क्लव तेस्रो स्थानमा छ। प्रतियोगितामा ३८ स्वर्ण, २७ रजत र २१ कास्यसहित ८६ वटा पदक जितेको आर्मी पदक तालिकाको शीर्ष स्थानमा कायमै छ।

१२ स्वर्ण, १६ रजत र २२ कास्यसहित ५० वटा पदक जितेको एपीएफ क्लब दोस्रो स्थानमा छ। ११ स्वर्ण, ७ रजत र १७ कास्यसहित ३५ पदक जित्दै नेपाल पुलिस क्लब पदक तालिकाको तेस्रो स्थानमा छ।

१० स्वर्णसहित ३६ पदक जितेको बागमती प्रदेश चौथो स्थानमा तथा आयोजक गण्डकी प्रदेश ८ स्वर्णसहित २८ पदक जितेर पदक तालिकाको पाँचौ स्थानमा छ। एनआरएनएले ४ स्वर्णसहित ११ पदक जितेको छ।

मधेस प्रदेशले २ स्वर्णसहित ८ र सुदूरपश्चिमले १ स्वर्णसहित १० पदक जितेका छन्। लुम्बिनी प्रदेशले र कर्णाली प्रदेशले अहिलेसम्म स्वर्ण जितेका छैनन्।

लुम्बिनीले ६ रजत र चार कास्य सहित चार पदक जितेको छ भने कर्णाली प्रदेशले एउटामात्रै कास्य पदक जितेको छ।

आज ३२ खेल हुँदै

प्रतियोगितामा अन्तर्गत आज ३२ खेलहरू हुने तालिका रहेको छ। आज हुने खेलमा एथलेटिक्स पोखरा रंगशाला, ब्याडमिन्टन पोखरा रंगशालाको कभर्ड हल, महिला क्रिकेट पोखरा रंगशाला, पुरुष फुटबल गोस्टेघाट/पोखरा रंगशाला, महिला फुटबल वालिङ, टेनिस पोखरा रंगशाला, बक्सिङ पोखरा रंगशाला, पुरुष भलिबल पोखरा रंगशाला, महिला भलिबल म्याग्दी र सफ्ट टेनिस पोखरा रंगशाला हुनेछ।

यस्तै स्क्वास पोखरा रंगशाला स्क्वास हल, उसु पोखरा रंगशाला कभर्डहल ,पुरुष बास्केटबल पोखरा रंगशाला, महिला बास्केटबल तनहुँ, आर्चरी पोखरा रंगशाला, शारीरिक सुगठन पोखरा सभागृह र पौडी फिस्टेल एकेडेमी पोखरामा हुनेछ।

त्यस्तै बुद्दिचाल गोर्खा, टेबल टेनिस कोल्माबाहकोट पोखरा, सेपाकताक्रो महिला/पुरुष नवलपुर कावासोती, भारोत्तोलन उद्योग बाणिज्य संघ पोखरा, सुटिङ काठमाडौं, साइक्लिङ रानीबन पोखरा, रग्बी महिला/पुरुष भण्डारढिक खेलमैदान पोखरा र कुस्ती गैडाकोट नवलपुरमा हुनेछ।

नवौं अन्तर्गत नै जिम्न्यास्टिक पोखरा रंगशाला, जुडो प्रदर्शनी हल पोखरा, कबड्डी केसी पोखरा क्याटरिङ, तेक्वान्दो म्याग्दी कभर्डहल, खो खो पोखरा ह्यान्डबल एकेडेमी, आइटिएफ तेक्वान्दो बागलुङ कभर्ड हल, कराते कुश्मा पर्वत, महिला हक्की गण्डकी बोर्डिङ स्कुल र पुरुष हक्की गौरीशंकर खेल मैदान पोखरामा हुनेछ। प्रतियोगिता कात्तिक ३ गतेसम्म चल्ने छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved