वरिष्ठ न्युरो सर्जन प्रा‍.डा. राजीव झा ‘फेलो अफ रोयल कलेज अफ सर्जन्स’ अवार्डबाट सम्मानित

नेपालभ्युज

वरिष्ठ न्युरो सर्जन प्रा‍.डा. राजीव झा ‘फेलो अफ रोयल कलेज अफ सर्जन्स’ अवार्डबाट सम्मानित

काठमाडौं। वरिष्ठ न्युरो सर्जन प्रा.डा राजीव झा बेलायतको प्रसिद्ध पुरस्कार ‘फेलो अफ रोयल कलेज अफ सर्जन्स’ अवार्डबाट सम्मानित भएका छन् ।

झा वीर अस्पतालको न्युरो सर्जरी विभागका प्रमुख हुन् । न्युरो सर्जरीको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको भन्दै द रोयल कलेज अफ सर्जियन अफ एडनबर्गले प्रा.डा. झालाई सम्मान गरेको हो ।

बेलायतको यो कलेज शल्यचिकित्सा अध्ययनका लागि विश्वकै सबैभन्दा पुराना मानिन्छ । यो सम्मानबाट सम्मानित हुने झा नेपालका दोस्रो चिकित्सक हुन् ।

यसअघि, उक्त सम्मान न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई दिइएको थियो । डा. झाले १८ हजार भन्दा बढीको शल्यक्रिया गरिसकेका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved