टी–२० विश्वकप क्रिकेटमा नेदरल्यान्डसको विजयी सुरुवात

नेपालभ्युज

टी–२० विश्वकप क्रिकेटमा नेदरल्यान्डसको विजयी सुरुवात

काठमाडौं। आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटमा नेदरल्यान्डसले विजयी सुरुवात गरेको छ । अष्ट्रेलियाको जिलोङमा आइतबार भएको खेलमा नेदरल्यान्डसले यूएईलाई ३ विकेटले पराजित गरेको हो ।

यूएईले दिएको ११५ रनको लक्ष्य नेदरल्यान्डसले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेटायो । नेदरल्यान्डसका लागि म्याक्स ओ’डाउड २३ र टिम प्रिन्गलले १५ रन बनाए ।

यूएईका लागि जुनैद सिद्दिकीले ३ तथा कार्तिक मयप्पन, जहुर खान, आयान अफजल खान, र बासिल हमिदले १–१ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको यूएईले १९ ओभर ५ बलमा ८ विकेट गुमाएर १११ रन बनायो । उसको लागि मोहम्मद वसीमले सर्वाधिक ४१ र वृत्य अरविन्दले १८ रन बनाए । नेदरल्यान्डसका लागि बास डे लिडेले ३ तथा फ्रेड क्लासेनले २ विकेट लिए ।  


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved