नवौं राष्ट्रिय खेलकुद : १८ पदकसहित आर्मी शीर्ष स्थानमा

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद : १८ पदकसहित आर्मी शीर्ष स्थानमा

काठमाडौं। पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा १८ पदकसहित नेपाल आर्मीले अग्रता कायम गरेको छ। पाँच स्वर्ण, ६ रजत र सात कास्यसहित १८ पदक प्रापेत गरेर आर्मी पहिलो स्थानमा रहेको हो।

दुई स्वर्ण, चार रजत र सात कास्यसहित १३ पदक प्राप्त गरी सशस्त्र प्रहरी वल (एपीएफ) दोस्रो तथा बागमती तेस्रो स्थानमा छ। बागमतीले चार स्वर्ण, तीन रजत र एक कास्य गरी आठ पदक जितेको छ।

सुदूरपश्चिम र नेपाल प्रहरीले एक/एक स्वर्ण पदक जितेका छन्। ११ वटा टिमको सहभागिता रहेको प्रतियोगितमा बाँकी ६ टिमले भने खाता खोल्न सकेका छैनन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved