निर्वाचन रणनीति बनाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

नेपालभ्युज

निर्वाचन रणनीति बनाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो।

पार्टीका मुख्यसचिव कृष्ण पौडेलका अनुसार बैठकबाट आगामी मंसिर ४ मा हुने आम निर्वाचनलक्षित रणनीति र निर्वाचनका लागि विभिन्न समिति गठन गर्ने तयारी गरिएको छ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उमेदवारको मनोनयन दर्ता भएर दलहरू प्रचार प्रसारमा जुटिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved