टीभीएसले बेजोड अनि अद्भूत एक्सचेन्ज मेला आयोजना गर्दै

नेपालभ्युज

टीभीएसले बेजोड अनि अद्भूत एक्सचेन्ज मेला आयोजना गर्दै

काठमाडौं। नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘TVS Great Grand Exchange and Finance Mela’ नामका बेजोड अनि अद्भूत एक्सचेन्ज मेलाको आयोजना गर्ने भएको छ । असोज ३१ बाट कार्तिक ५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने यस भव्य मेलामा ग्राहकहरूले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कष्क छुट तथा उपहारहरु पाउने छन् ।

मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको मोटरसाइकल र स्कुटर लिँदा पाउने छन् बजार मुल्याङ्कन भन्दा रु ७ हजार बढी, साथै नकिन्दै १ लाख र किन्दा १० लाख सम्मको नगद छुट । यो योजनामा आर्कषण फाइनान्स अफर पनि समावेश छ, जसअन्तर्गत न्यूनतम २५% डाउनपेमेन्ट र रु ४ हजार २ सय ७७ को मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यसबाहेक ग्राहकहरूले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्नेछन् ।

जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरू, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण टीभीएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved