दर्शकले अब नेपाली फिल्म निःशुल्क​ हेर्न पाउने

नेपालभ्युज

दर्शकले अब नेपाली फिल्म निःशुल्क​ हेर्न पाउने

काठमाडौं। दर्शकले नेपाली फिल्म निःशुल्क हेर्न पाउने भएका छन्। नेपाल नेटवर्क टेलिभिजनले केही अगाडि रिलिज भएका तर डिजिटल प्लेटफर्ममा नआएका फिल्महरू पालैपालो टेलिभिजनबाट प्रसारण गर्ने भएको हो।

डिजिटल प्लेटफर्ममा आउन बाँकी नयाँ फिल्महरू नेपाल नेटवर्क टेलिभिजनले अब हरेक साता  प्रसारण गर्दैछ ।  टेलिभिजन सञ्चालक संस्था डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए अनुसार ओएसआर डिजिटल र डिएआर मुभिजको सहकार्यमा नेपाली फिल्म टेलिभिजनमा प्रसारण गर्न लागिएको हो ।

टेलिभिजन हेर्ने दर्शकले नयाँ फिल्म घरमै बसेर निःशुल्क हेर्न पाउन् भन्ने उद्देश्यले दीपावलीबाट यो प्रदर्शन सुरु गर्न लागेको हो ।

प्रदर्शनको सुरुवात फिल्म ‘लप्पन छप्पन २’ बाट हुँदैछ । केही महिना अगाडि हलमा प्रदर्शनमा आएको यो फिल्म विदेशका कतिपय देशमा अझै प्रदर्शन बाँकी छ । फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही, शिव श्रेष्ठ, अर्पण थापा लगायत कलाकारको अभिनय देख्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved