कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने निर्णय भएको छैन : महासंघ

नेपालभ्युज

कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने निर्णय भएको छैन : महासंघ

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघले दक्षिण कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा कुनै पनि निर्णय नगरेको प्रष्ट पारेको छ ।

महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै कृषि उद्यम केन्द्रमार्फत दक्षिण कोरिया र इजरायलमा कृषि क्षेत्रमा प्रशिक्षार्थी पठाउने भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमा आएका सूचना एवं समाचार सत्य नभएको जनाएको हो । ती मुलुकमा प्रशिक्षार्थी कामदार पठाउनेबारे कुनै पनि कार्यक्रम नरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved