रुकुम (पश्चिम) मा कांग्रेसका सबै उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

रुकुम (पश्चिम) मा कांग्रेसका सबै उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

सुर्खेत। रुकुम पश्चिममा कांग्रेसका सबै उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। आइतबार प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दिएका नेपाली कांग्रेससहित स्वतन्त्र उम्मेदवारहरूले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन्।

उम्मेदवारी फिर्ता लिनेमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार मानबहादुर नेपाली, स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसकै लालबहादुर महत, कांग्रेसबाट प्रदेश सभा (क) का उम्मेदवार कृष्ण रोकाय रहेका छन्। प्रदेश निर्वाचन क्षेत्र (ख) मा स्वतन्त्र उम्मेदवारी दिए नेपाली कांग्रेसका खड्कबहादुर डाँगीले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

यो क्षेत्रका कांग्रेस उम्मेदवार प्रेमप्रकाश ओलीको उम्मेदवारी भने मंगलबार खारेज भएको थियो । त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (क) मा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व जनमुक्ति सेनाका कमान्डर भीमदत्त खड्काले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएको छन्।

गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने गरी पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको नेपाली कांग्रेसका जिल्ला सचिव परमेश्वर भण्डारीले जानकारी दिए। पार्टी केन्द्रको निर्देशनअनुसार गठबन्धनका उम्मेदवारलाई समर्थन गर्नेगरी आफ्ना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको उनको भनाइ रहेको छ।

रुकुमपश्चिममा गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा जनार्दन शर्मा र प्रदेशसभा ‘क’ मा महेन्द्र केसी तथा ‘ख’ मा राजकुमार शर्मा उम्मेदवार रहेका छन्।
नेकपा एमालेबाट प्रतिनिधिसभामा नन्दराम देवकोटा र प्रदेश ‘क’ मा नारायणकुमार शाह तथा ‘ख’ मा कर्णबहादुर घर्ती उम्मेदवार रहेका छन्। प्रतिनिधिसभामा नेपाली कांग्रेसका तारक केसी स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा रहेका छन्।

सहायक निर्वाचन अधिकृत कृतबहादुर बोहराले निर्धारित समयमा उम्मेदवारी फिर्ताका लागि निवेदन परेको र उक्त निवेदन दर्ताको चरणमा रहेको बताउँदै तीन बजेसम्ममा अन्तिम नामावली सार्वजनिक हुने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved