सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

नेपालभ्युज

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार
फाइल फोटो

काठमाडौं ।  वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्प्तालमा उपचारत रहेका जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘मुटुको चालसम्बन्धी समस्यामा पनि केही सुधार देखिएको र उहाँले सामान्य प्रतिक्रिया देखाउनुभएको छ’, विज्ञप्तिमा भनिएको छ । जोशीको गत असोज २३ गतेदेखि छातीमा निमोनियाको सङ्क्रमण नियन्त्रणका लागि एन्टिवायोटिक्स् कोर्स जारी राखिएको बताइएको छ ।

स्वास्थ्यमा समस्या आएपछि १८ दिनदेखि उहाँको अस्पतालमा राखेर उपचार गरिएको छ । उनको अहिले सघन उपचार कक्षमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved