रातभर ठूलो वर्षा, बाढीको चेतावनी, टीका थाप्न जाँदा सचेत रहन आग्रह

मङ्गलबार रातभर देशका धेरै ठाउँमा ठूलो पानी परेको छ । ठूलो पानी परेकाले ठाउँ ठाउँमा बाढीको चेतावनी दिइएको छ । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने र पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना छ ।

नेपालभ्युज

रातभर ठूलो वर्षा, बाढीको चेतावनी, टीका थाप्न जाँदा सचेत रहन आग्रह

काठमाडौं। मङ्गलबार रातभर देशका धेरै ठाउँमा ठूलो पानी परेको छ । ठूलो पानी परेकाले ठाउँ ठाउँमा बाढीको चेतावनी दिइएको छ । झापा, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, सप्तरी, ओखलढुंगा, गोरखा, लमजुङ, पाल्पा गुल्मी, अर्घाखाँची, नवलपरासी, रोल्पा, रुकुम, सल्यान लगायतका जिल्लामा रातभर भारी वर्षा भएको बाढी सूचना केन्द्रले जनाएको छ । साना खोला तथा नदीमा बाढी आउने भएकाले निकै चनाखो रहन केन्द्रले आग्रह गरेको छ ।

वर्षाले गर्दा दसैँका क्रममा मानिसहरुलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको छ । आज बुधवार पनि देशका धेरै ठाउँमा पानी पर्ने तथा मध्य र पश्चिम भागमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved