विवेकशील साझाबाट ललितपुर ३ ‘क’ मा समुन्द्रको उम्मेदवारी

नेपालभ्युज

विवेकशील साझाबाट ललितपुर ३ ‘क’ मा समुन्द्रको उम्मेदवारी

काठमाडौं । आगामी निर्वाचनमा ललितपुर क्षेत्र नम्वर ३ ‘क’ बाट  विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले उमेदवारी दिने भएका छन् ।

ब्रिटिश कलेज, थापाथलीबाट सूचना प्रविधिमा स्नातक गरेका केसीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरमा राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरिरहेका छन्।

शिक्षण पेशा तथा व्यवसायमा समेत संलग्न रहेका उनी हाल विवेकशील साझा पार्टीको केन्द्रीय समितिमा छन् । उनी भुकम्प, बाढी-पहिरो, तराईमा हुरि-बतास, आगलागी तथा काेरोना महामारी जस्ता विपतका बेला मैदानमा खटिने गरेका छन्।

केही महिना अघि मलेसियामा भएको राजनीतिक युवाको सम्मेलनमा नेपालको तर्फबाट केसीले प्रतिनिधित्व गरेका थिए । एक पाइला परिवर्तन तर्फ नामक संस्थाको पुर्व अध्यक्ष रहेका केसी अन्तराष्ट्रिय पदकधारी तेक्वान्दो खेलाडी पनि हुन्।

डाक्टर गोविन्द केसीको चिकित्सा शिक्षा सुधार आन्दोलन, ईनफ इज ईनफ, महिला हिंशा विरुद्धको अभियान, नेपाल खुल्ला छ अभियान जस्ता आन्दोलनमा समेत सक्रिय भूमिका खेलेका केसी विगत ८ वर्षदेखि राजनीतिमा सक्रिय छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved