प्रत्यक्ष तर्फका उम्मेद्वार मनोनयनका लागि ७ दिन मात्रै बाँकी, दलहरु फेस्टिभ मूडमा

नेपालभ्युज

प्रत्यक्ष तर्फका उम्मेद्वार मनोनयनका लागि ७ दिन मात्रै बाँकी, दलहरु फेस्टिभ मूडमा

काठमाडौं । संघ र प्रदेशको प्रत्यक्ष तर्फको उम्मेद्वार मनोनयन गर्न अब मात्र ७ दिन बाँकी छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ प्रत्यक्ष तर्फ प्रतिनिधि सभाका १६५ र प्रदेश सभा तर्फ ३३० सिटका लागि दलहरुले उम्मेद्वार मनोनयन गर्नु पर्नेमा अहिलेसम्म कुनै पनि दलले उम्मेद्वार चयन गर्न नसकेका हुन् ।

दलहरुले हतार हतारमा दसैंपछि नै उम्मेद्यार मनोनयन गर्नु पर्ने अवस्था सिर्जना गरेका छन् । सत्तारुढ गठबन्धनले सिट बाँडफाँडमा ढिलाई गर्दा अन्य दलले पनि आफ्ना तर्फका उम्मेद्वार चयन गर्न सकिरहेका छैनन् ।

 

प्रमुख प्रतिपक्षी दल एमालेले अहिलेसम्म ५६ प्रतिनिधिसभा सदस्यका लागि मात्रै एकल सिफारिस गरेको छ । बाँकी ठाउँको निर्णय गर्ने अधिकार अध्यक्ष केपी ओलीलाई दिए पनि बाँकी सिटकालागि अन्य दलसँग गरिने गठबन्धनका कारण पनि एमाले अलमलिएको छ ।

लोसपा र राप्रपासँग चुनावी तालमेल गर्ने तयारी गरेको एमालेसँग लोसपाले १९ सिट मागेपछि एमालेले तत्कालै लोसपालाई कुनै निर्णय दिन सकेको छैन ।

एमालेले लोसपालाई १० सिट दिएर मनाउने रणनीति लिएको छ । यसकालागि लोसपा अध्यक्ष महन्थ ठाकुर र एमाले अध्यक्ष ओलीले वान टु वान वार्ता गरेर टुंङ्गयाउने एमालेको भनाई छ ।

पछिल्लो समय तराईमा मधेसका नेताहरु एमालेमा प्रवेश गर्ने लहर चलेसँगै एमालेले लोसपासँगको सहकार्यलाई कम महत्व दिएको स्वयम् लोसपाका नेताहरु बताउन थालेका छन् ।

उम्मेद्वार चयन गर्न कुनै समस्या नरहेको दाबी गरेको एमालेले सत्ता गठबन्धनले तयार पारेका उम्मेद्वारलाई हेरेर चुनावी मैदानमा जाने रणनीति बनाएको देखिन्छ । त्यसैले यसपाली अध्यक्ष ओली तनाबरहित बनेर दशैं मनाउन झापा जाने तयारीमा छन् ।

ओली आजै झापा जाने बताइएको छ । उनी टिका लगाएर मात्रै काठमाडौं फर्किने मुडमा छन् ।

सत्ता गठबन्धनसँग सिट बाँडफाँडमा असन्तुष्टि जनाएको जसपाले एमालेसँग तालमेल गर्ने चेतावनी दिएको छ । यी दलहरुसँगको तालमेल भन्दा पनि सत्तारुढ गठबन्धनमै देखिन सक्ने असन्तुष्ट नेताहरुको लाभ उठाउन सकिने बुझाइकै कारण एमालेले ढिलाइ गरिरहेको छ ।

सत्तारुढ दलहरुको बैठकमा प्रतिनिधी सभाको १६५ मध्ये अधिकतम जसपालाई १७ – १८ सिट र प्रदेश अन्तर्गत मधेश प्रदेशमा कुल ६४ निर्वाचन क्षेत्रको झण्डै आधा दिने मोटामोटी सहमति भएको छ । तर जसपाले यसलाई नमान्ने बताइरहेको छ ।

जसपाको यहि असन्तुष्टिलाई एमालेले क्यास गर्न खाेजि रहेकाे छ । मुख्य दलरु बार्गेनिग‌मा अल्झिदा   अन्य साना दलहरुलाइ समेत  उम्मेद्वार चयन गर्न दबाब नबढेकाे देखिन्छ  । आम निर्वाचनकालागि अब ४८ दिन मात्रै बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved