रवीन्द्र मिश्रले ल्याएको ‘विचारभन्दा माथि देश’ सिद्धान्त खारेज

नेपालभ्युज

रवीन्द्र मिश्रले ल्याएको ‘विचारभन्दा माथि देश’ सिद्धान्त खारेज

काठमाडौं। रवीन्द्र मिश्र राप्रपा प्रवेश गरेपछि विवेकशील साझा पार्टीले मिश्रले ल्याएको ‘विचारभन्दा माथि देश’ सिद्धान्त खारेज गरेको छ।

पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले उक्त सिद्धान्तलाई विवादस्पद र घातक दस्तावेज भन्दै खारेज गरेको विज्ञप्तिमार्फत जानकारी दिएको हो।

मिश्र विवेकशील साझाका पूर्व अध्यक्ष हुन्। उनी हालै राप्रपामा प्रवेश गरेका छन्। उक्त दस्तावेजकै कारण पार्टी भित्र तीव्र राजनीतिक असहमति सुरू भएको र त्यसले पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिशन प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशचन्द्र परियारद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्तै उक्त विचारसँग असहमत पार्टीका केन्द्रीय तथा अन्य समितिका नेताहरूसँग तत्काल संवाद गरी समस्याको समाधान गर्न अग्रसर समेत हुने बैठकले निर्णय गरेको छ।

यस्तो छ विज्ञप्ति

विवादस्पद र घातक “विचार भन्दा माथि देश” दस्तावेज खारेज।
प्रेस विज्ञप्ति:
२०७९/०६/१५
विवेकशील साझा पार्टीले विवादस्पद र घातक दस्तावेज “विचार भन्दा माथी” देश खारेज गरेको छ।
शुक्रवार वसेको पार्टी केन्द्रीय समिति बैठकले उक्त दस्तावेजकै कारण पार्टी भित्र तीव्र राजनीतिक असहमति शुरु भएको र त्यसले पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिशन प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरिएको हो ।
बैठकले सो दस्तावेज सार्वजनिक गरेपछि उक्त विचारसँग असहमत पार्टीका केन्द्रीय तथा अन्य समितिका नेताहरूसंग तत्काल संवाद गरी सबै प्रकारको समस्याको समाधान गर्न अग्रसर हुने निर्णय गरेको छ।
विवेकशील साझा पार्टीको हालको केन्द्रीय समितिमा रहेका केही नेताहरु पार्टी हित विपरितको गतिविधिमा प्रत्य‍क्ष संलग्न रहेको पाईएको भन्दै बैठकले पार्टी नीति तथा हित विपरित गतिविधिमा संलग्न भएका नेताहरूलाई तत्कालै स्पष्टीकरण सोध्ने र आवश्यक कदम चाल्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले पार्टी भित्र देखा परेको वैचारिक असहमतिका कारण विगत देखिनै राजीनामा दिएका, असन्तुष्ट भएर निष्कृय रहेका र वैचारिक संघर्षमा सम्मिलीत पार्टीका सम्पूर्ण नेता तथा सदस्यहरुलाई विवादस्पद र घातक दस्तावेज “विचार भन्दा माथि देश” खारेज गरिसकिएकाले पार्टीमा पुन: सकृय हुन, पार्टी निर्माणसंगै आसन्न निर्वाचनमा होमिन हार्दिक अपील गरेको छ।
स-धन्यवाद
प्रकाशचन्द्र परियार
प्रवक्ता
विवेकशील साझा पार्टी
२०७९/०६/१५


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved