‘विचारभन्दा देश माथि’ अहिलेको उत्कृष्ट राजनीतिक सिद्धान्त: मिश्र

उनले भने “म कुनै व्यवस्थाको विरोधी होइन, देशको विकास जसरी हुन्छ त्यही मेरो नीति हो।”

नेपालभ्युज

‘विचारभन्दा देश माथि’ अहिलेको उत्कृष्ट राजनीतिक सिद्धान्त: मिश्र

काठमाडौँ। पृथ्वीनारायण शाहलाई माल्यार्पण नगर्ने तर माओ र लेनिनलाई माल्यार्पण गर्ने व्यक्तिबाट देश विकास हुन नसक्ने विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले बताएका छन्। आफू देशको विकास जसरी हुन्छ त्यही वादी भएको मिश्रले बताए। उनले भने “म कुनै व्यवस्थाको विरोधी होइन, देशको विकास जसरी हुन्छ त्यही मेरो नीति हो।” विचारभन्दा माथि देश भन्ने नारा मात्रै अहिलेको सन्दर्भमा राजनीतिक सिद्धान्त भएको विवेकशील साझाका अध्यक्ष मिश्रले बताए।

विचार परिवर्तनशील भएको बताउँदै मिश्रले भने अन्य देशले आफ्नो देश पहिला भन्दा केही नहुने तर आफूले विचारभन्दा देश पहिलाभन्दा विरोध भएकोमा उनले बताए।

पुष्पकमल दाहाल प्रचण्डले सत्ता हत्याउन राजा ज्ञानेन्द्रसँग सम्झौता गर्न लागेको हिसिला यामीको पुस्तकमा उल्लेख भएको मिश्रले बताए। “जुन समाजले वस्तुपरक हिसाबमा समाजको अध्ययन गरेको हुँदैन त्यो समाजलाई देश विकास गर्न सक्दैन” मिश्रको दाबी छ।

हिन्दूराष्ट्र भन्नु र धार्मिक स्वतन्त्रता भन्नु फरक भएको उनले बताए। धर्म निरपेक्षता नेपालको कुनै राजनीतिक परिवर्तनको एजेण्ड नभएको उनले बताए। संविधानमा पनि जनमत सङ्ग्रहका विषय उल्लेख भएको बताउँदै उनले धर्म निरपेक्षताको विषयमा जनमत सङ्ग्रहमा जानुपर्नेमा जोड दिए। “देशको शान्ति र स्थायित्वका लागि पनि जनमत सङ्ग्रहको आवश्यकता रहेको छ” मिश्रको भनाइ छ।

देशले संघीयता धान्न नसक्ने उनको तर्क छ। त्यसका लागि उनले विश्वका असफल भएका संघीयताको अभ्यास गरेका देशको उदाहरण दिए। स्थानीय तहलाई सुदृढीकरण गर्दै संघीयता खारेज गर्नुपर्ने उनको जोड छ। आर्थिक हिसाबमा पनि नेपालले संघीयता धान्न नसक्ने उनले बताए।


Comment

One thought on “‘विचारभन्दा देश माथि’ अहिलेको उत्कृष्ट राजनीतिक सिद्धान्त: मिश्र

  1. राष्ट्र र राष्ट्रियता सबै भन्दा माथि हुनु पर्छ l यसको म समर्थन गर्दछु किनकि राष्ट्र रहेन त्यसभित्र सिद्धान्त रहन्छ बिचार रहन्छ यदि राष्ट्रनै नरहे के को लागि बिचार???

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved