डेंगुबाट थप २ जनाको मृत्यु, ५ सय ४० जना नयाँ संक्रमित थपिए

नेपालमा डेंगु सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई जनाको डेंगु सङ्क्रमणकै कारण ज्यान गएको हो।

नेपालभ्युज

डेंगुबाट थप २ जनाको मृत्यु, ५ सय ४० जना नयाँ संक्रमित थपिए

काठमाडौं। नेपालमा डेंगु सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई जनाको डेंगु सङ्क्रमणकै कारण ज्यान गएको हो।

योसँगै नेपालमा डेंगु लागेर ज्या गुमाउनेको सङ्ख्या ३८ पुगेको छ। यस्तै, सोही अवधिमा थप ५४० जनामा सङ्क्रमण पुष्टिभएसँगै देशभरका २८ हजार १ सय ९ जनामा सङ्क्रमण पुष्टि भएको छ।

यो गत साउन १ गतेदेखि असोज १२ गतेसम्मको तथ्याङ्क हो। मन्त्रालयका अनुसार डेंगु बागमती प्रदेशमा सबैभन्दा बढी २१ हजार ९७५ जनामा फैलिएको छ।

त्यसपछि लुम्बिनीका ३ हजार १२५, सुदूरपश्चिमका ८५०, प्रदेश १ का ८२९, गण्डकीका ६७७, मधेशका ४१३ र कर्णालीका २३८ जनामा सङ्क्रमण पुष्टि भएको छ। देशभरका ७६ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved