सन्दर्भ विश्व मुटु दिवस

मुटुलाई तेलले बलियो बनाउँछ कि कमजोर ?

विज्ञापन भन्छ, ‘तेलले मुटु बलियो बनाउँछ।’ पोषणविद् भन्छन्, ‘तेल (फ्याट) शरीरका लागि अति जरुरी छ।’ चिकित्सक भन्छन्, ‘तेल स्वास्थ्यका लागि हानिकारक छ।’

नेपालभ्युज

मुटुलाई तेलले बलियो बनाउँछ कि कमजोर ?

विज्ञापन भन्छ, ‘तेलले मुटु बलियो बनाउँछ।’

पोषणविद् भन्छन्, ‘तेल (फ्याट) शरीरका लागि अति जरुरी छ।’

चिकित्सक भन्छन्, ‘तेल स्वास्थ्यका लागि हानिकारक छ।’

तेलले मुटुलाई बलियो बनाउँछ कि कमजोर? यो प्रश्नमा धेरैजसो विभाजित छन्। बजारमा आउने कतिपय विज्ञापनमा तेलले मुटुलाई बलियो र सुरक्षित बनाउँछ भनिन्छ। बजारमा आउने विज्ञापनमा जस्तै मुटुको सुरक्षाको लागि तेलको प्रयोग प्रभावकारी हुन्छ त?

तर, चिकित्सकहरू तेलले मुटु बलियो बनाउन सहयोग नै गर्छ भनेर ढुक्क हुन नसकिने बताउँछन्।

यसको मात्रा मिलाउन नजाने तेलले उल्टै हानि गर्न सक्ने भन्दै यसको प्रयोगमा ध्यान दिनुपर्ने उनीहरूको तर्क छ। यद्यपि मुटुको स्वास्थ्य र तेलको उपभोगका बीचमा सम्बन्ध नभएको भने होइन। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजु मुटुको स्वास्थ्य र तेलको सम्बन्धबारे यसरी सुनाउँछन्।

तेलले मुटु बलियो बनाउँछ नै भन्ने हुँदैन। यति हुँदाहुँदै पनि तेल आफैँमा शरीरको लागि आवश्यक पेय पदार्थ भने पक्कै हो। आयल भन्ने बित्तिकै यसमा फ्याट हुन्छ। मुटुको स्वास्थ्यको लागि उचित मात्रामा फ्याट युक्त खानेकुराको सेवन गर्नुपर्छ। फ्याट विभिन्न खाद्य तथा पेय पदार्थबाट पाउन सकिन्छ। जस्तै, मासु, दूध, पनिर जस्ता पदार्थमा पनि फ्याटको मात्रा पर्याप्त हुने गर्छ। यही फ्याटकै कारण मुटुको रक्तनली साँघुरो हुँदै जान्छ। त्यसैले चिल्लो र गुलियो खानेकुरालाई निश्चित मात्राभन्दा धेरै खानु मुटुको स्वास्थ्यको लागि उचित हुँदैन।

डा. राजेन्द्र कोजु, वरिष्ठ मुटुरोग विशेषज्ञ

अब फेरि आउँछ सन्तुलित मात्रा भनेको कति हो ? सामान्यतया फ्याटको मात्रा यति नै चाहिन्छ भनेर भन्न सकिँदैन। तर, हामीले खाने खानामा एक चौथाइभन्दा कम फ्याट युक्त खाना खानुपर्छ भन्ने मान्यता छ। त्यसर्थ, फ्याट कम गर्नको लागि भने तेल मात्रै नियन्त्रण गरेर हुँदैन। यसमा मासु, दही दूध जस्ता फ्याटको उपभोगमा समेत स्वनियन्त्रण गर्नुपर्छ।

स्वास्थ्यको धेरै ख्याल गर्ने कतिपयले तेलयुक्त खानेकुराहरू नियन्त्रण गर्ने भनेर अभियान चलाउने गरेको पनि पाइन्छ। तर, यसरी तेल खाँदै नखाने र अरू फ्याट युक्त खानेकुरा धेरै खाने हो भने यसले पनि हामीलाई फाइदा गर्दैन। तेल खानुपर्छ। तर आफ्नो खानामा सन्तुलन भने मिलाउनुपर्छ भन्ने हो।

अब फेरि अर्को कुरा आउन सक्छ, तेलको सट्टामा घिउको प्रयोग गर्दा के हुन्छ ? यस्तो दुई विकल्प छन् भने घिउभन्दा मुटुको स्वास्थ्यको लागि तेल नै उचित खानेकुरा हो। किनकि एनिमल फ्याटले मुटु लगायतका अङ्गलाई त्यति राम्रो गर्दैन। त्यसको सट्टा तोरी, सस्र्यू जस्ता बाली र ओखर जस्ता खानेकुराबाट निकालिएका तेलहरू स्वास्थ्यको हिसाबले पनि बढी सुरक्षित छन्। अहिले त बिस्तारै तोरीको तेल पनि राम्रो भन्ने कुरा आउन थालेको छ।

अर्को कुरा ट्रान्स फ्याट पनि हाम्रो स्वास्थ्यको लागि राम्रो हुँदैन। यसले पनि मुटुलाई असर गर्छ। ट्रान्स फ्याटले पनि मुटुको रक्तनलीहरुलाई बिस्तारै साँघुरो बनाउँदै लैजान्छ। तेल अन स्याचुरेटेड फ्याटले हो हाम्रो शरीरलाई फाइदा गर्ने गर्छ। यो बदाम, तोरी, जैतुन आदिको तेल अन स्याचुरेटेड हो। जुन मुटुको लागि फाइदाजनक छ।

मुटु रोगका लक्षण

छाती दुख्नु/भारी हुनु, मुटु पोल्नु, वाकवाकी र बान्ता हुनु

अधिक पसिना आउनु, थकान महसुस हुनु

बंगारा, घाँटी र पाखुरा दुख्नु, सास फेर्न गाह्रो हुनु

छाती तथा काँधमा पिडा हुनु।

शरीरबाट अनायासै पसिना बग्नु

मुटु रोग लागेमा रुघाखोकी लागेमा लामो समयसम्म सताइरहन्छ

खुट्टा तथा पैताला सुन्निनु

पटक पटकमा चक्चर लागिरहनु तथा टाउको घुम्नु, बेहोस हुनु तथा थकान महसुस हुनु

 

कस्तो खाना खाने ?

फाइबर (रेसा) भएको खाना खाने

होल ग्रेन, गेडागुडी, दाल, फलफूल, हरिया सागसब्जी

वनस्पतिको तेल

घिउ, नरिवलको तेल सक्दो कम गर्ने

आइसक्रिम, कुकिज, चाउचाउ, बट्टाको जुस आदि प्रशोधित खाना कम खाने

खानामा नुनको प्रयोग कम गर्ने

तारेका, भुटेका भन्दा उसिनेका, पोलेका खानेकुरा खाने

ध्यान दिनुपर्ने कुरा

मुटुलाई स्वास्थ्य राख्न खानपानमा विशेष ध्यान दिनुपर्छ। खानाबाट नै मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी रहने भएकाले कुन परिकार कति खाने भन्ने जानकारी राख्नुपर्छ। चिनी, रक्तचाप नियमित जाँच गराउने।नियमित व्यायाम गर्ने।पानी धेरै पिउने। तनावबाट मुक्त रहने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved