समानुपातिक उम्मेदवारको सूची संशोधन गर्न देउवाले थाले पार्टीका शीर्ष नेताहरूसँग छलफल

नेपालभ्युज

समानुपातिक उम्मेदवारको सूची संशोधन गर्न देउवाले थाले पार्टीका शीर्ष नेताहरूसँग छलफल
फाइल तस्वीर

काठमाडौं। संस्थापनइतर समूहले समानुपातिकको बन्द सूचीप्रति असन्तुष्टि जनाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूसँग छलफल थालेका छन्।

शेखर कोइराला समूहले समानुपातिकतर्फका उम्मेदवारमा देउवाले एकलौटी गरेको आरोप लगाएपछि शीर्ष नेताहरू बालुवाटारमा छलफलमा जुटेका हुन्।

समानुपातिक उम्मेदवार सूची संशोधनलगायत नमिलेका विषय टुंग्याउन १० बजेदेखि बालुवाटारमा छलफल भइरहेको बुझिएको छ। कांग्रेसले असोज ३ मा निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूचीमा आफ्नो पक्षलाई नसमेटेको भन्दै इतर पक्षले विरोध जनाउँदै आएको छ।

इतर पक्षको विरोधपछि सभापति देउवा उक्त सूची संशोधन गर्न सहमत भएका छन्। आयोगले समानुपातिक उम्मेदवार सूची संशोधन गर्न असोज १६ सम्म दलहरूलाई समय दिएको छ।

प्रतिनिधिसभातर्फ ११० जनाको नाम बन्दसूचीमा राख्दा कोइराला पक्षका १४ जनालाई मात्रै राखिएको थियो। सोही कारण कोइराला पक्षका नेताहरू असन्तुष्ट छन्।

देउवालाई दबाब दिन इतर समूहले बुधबार पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएको थियो भने विरोधस्वरुप आज चियापान कार्यक्रमको आयोजना गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved