यसपालीको बडादशैँ ‘हिले’ हुने सम्भावना, नवमीदेखि देशभर पानी पर्ने

अष्टमीको रातीदेखि मनसुन सक्रिय भएर देशभर पानी पर्ने सम्भावना रहेको उनको भनाई छ ।

नेपालभ्युज

यसपालीको बडादशैँ ‘हिले’ हुने सम्भावना, नवमीदेखि देशभर पानी पर्ने
सांकेतिक तश्वीर

काठमाडौं। यसपालिको बडादशैँमा झरी पर्ने सम्भावना रहेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् मौसम अनुसन्धानकर्ता विनोद पोखरेलले दशैँको नवमीको दिनदेखि मनसुन सक्रिय हुने बताएका छन् । अष्टमीको रातीदेखि मनसुन सक्रिय भएर देशभर पानी पर्ने सम्भावना रहेको उनको भनाई छ ।

यसैबीच आज बुधवारदेखि केही दिन मौसम सफा हुने छ । अबको केही दिन देशभर ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा सरदर ठाउँमा रहेकाले अबको केही दिन मनसुन निष्क्रिय हुने मौसमविद् सजिना शाक्यले बताइन। पानी परे पनि सामान्य खालको पानी क्षणिकरूपमा पर्ने सम्भावना भएको उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved