पाकिस्तानकी मन्त्रीमाथि लन्डनमा दुर्व्यवहार

नेपालभ्युज

पाकिस्तानकी मन्त्रीमाथि लन्डनमा दुर्व्यवहार

काठमाडौं। पाकिस्तानकी सूचना मन्त्री मरियम औरङ्गजेबलाई लन्डनको एउटा कफी पसलमा केही मानिसले घेरेर दुर्व्यवहार गरेका छन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा लन्डनमा बस्ने पाकिस्तानी नागरिकले मन्त्रीविरुद्ध नारा लगाएको देख्न सकिन्छ । यति मात्र होइन, कतिपयले मरियम लाई ‘चोर’ भनेर पनि सम्बोधन गरेका छन् ।

मरियम औरङ्गजेबलाई घेरेर बसेका मानिसहरूले आफ्नो देश बाढीको चपेटामा परेको बेला नेताहरू जनताको पैसामा विदेश घुमिरहेको आरोप लगाएका थिए । भाइरल भिडियोमा मानिसहरूले उनको वरिपरि घेरा बनाएर उनको बारेमा टिप्पणी गरिरहँदा मरियमले कुनै प्रतिक्रिया नदिई आफ्नो मोबाइलमा व्यस्त रहेको देखिन्छ । उनको बारेमा टिप्पणी गर्दै एक महिलाले भनिन्, ‘त्यहाँ टिभीमा ठूला–ठूला दाबी गर्छिन् तर यहाँ उनको टाउकोमा दुपट्टा पनि छैन ।

पाकिस्तानी पत्रकार सैयद तलत हुसैनले ट्विटरमा घटनाको भिडियो पोस्ट गरेका छन्, जसमा केही मानिसहरू पाकिस्तान तहरीक(ए-इन्साफको झण्डाको रंगमा देखिएका छन्। उनीहरू मरियमको तस्बिर र भिडियो खिचिरहेका थिए ।

घटनाबारे मरियमले ट्विट गर्दै भनेकी छन्, ‘यो इमरान खानको घृणा र विभाजनको राजनीतिको विषाक्त प्रभाव हो जुन हाम्रा दाजुभाइ र दिदीबहिनीहरूमा देखिन्छ। म रोकिएर उनीहरूको हरेक प्रश्नको जवाफ दिएँ । दुःखको कुरा के छ भने उनीहरू इमरान खानको प्रचारको सिकार भएका छन् । हामी इमरान खानको विषाक्त राजनीतिको विरोध गर्नेछौँ र जनतालाई एकताबद्ध गर्न काम गर्नेछौँ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved