वसुन्धारामा ट्याक्सी र स्कुटर ठोक्किँदा प्रहरी कार्यालय सहयोगीको ज्यान गयो

नेपालभ्युज

वसुन्धारामा ट्याक्सी र स्कुटर ठोक्किँदा प्रहरी कार्यालय सहयोगीको ज्यान गयो

काठमाडौं। काठमाडौंको वसुन्धारामा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । शनिबार राती बा २ ज ११९२ नम्बरको ट्याक्सी र बा ९१ प ५४०३ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक गोरखा घर भएका ३१  वर्षका राजु गरुङको ज्यान गएको हो ।

उनि अहिले महाराजगञ्ज वृत्तमा दरबन्दी भइ प्रहरी प्रभाग तिलिङ्गेटारमा प्रहरी कार्यालय सहयोगीको रुपमा कार्यरत थिए । ट्याक्सी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved