संसद्को कार्यकालमा महत्वपूर्ण उपलब्धि हासिल भयो : प्रधानमन्त्री देउवा

नेपालभ्युज

संसद्को कार्यकालमा महत्वपूर्ण उपलब्धि हासिल भयो : प्रधानमन्त्री देउवा

काठमाडौं ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संसद्को कार्यकालमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका  छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकलाई सम्बोधन गर्दै उनले संसद्ले महत्वपूर्ण उपलब्धि हासिल गरेको आफूले महशुस गरेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले वर्तमान सरकार र सत्ता गठबन्धनकै कारण संविधान र लोकतन्त्रको रक्षा भएको बताए ।

वर्तमान सरकार गठनसँगै परराष्ट्र सम्बन्धमा सुधार आएको उल्लेख गर्दै उनले सरकार निष्पक्ष र शान्तिपूर्ण  निर्वाचन गराउन प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री देउवाले देशभर आएको बाढीपहिरामा भएको क्षतिको लेखाजोखाका साथै त्यसमा पीडितको तत्काल उद्धार गरिएको, घाइतेको उपचार, घरबारविहीन तथा मृतक परिवारलाई राहत उपलब्ध गराउन सरकार लागिपरेको जानकारी गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved