सरकारले गर्‍यो वार्ता टोली गठन, डा केसीलाई अनशन तोड्न आग्रह

नेपालभ्युज

सरकारले गर्‍यो वार्ता टोली गठन, डा केसीलाई  अनशन तोड्न आग्रह

काठमाडौं । चिकित्सा क्षेत्रमा  सुधारको माग राख्दै विगत पाँच दिनदेखि धनगढीमा अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ ।

वार्ता टोली गठन गरेसँगै सरकारले डा‍. केसीलाई अनशन तोड्न आग्रह गरेको छ ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा शुक्रबार वार्ता टोली गठन गरेको  प्रधानमन्त्री कार्यालयले विज्ञप्तीमार्फत जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधि सदस्य रहने गरी वार्ता टोली गठन गरिएको शुक्रबार जारी  विज्ञप्तिमा जनाइएको छ ।

चिकित्सक संघका प्रतिनिधिलाई भने डा. केसी र सरकार दुवैको मध्यस्थता गर्ने गरी टोलीमा राखिएको बताइएको छ ।  ।

यसअघिका सहमति कार्यान्वयनसहितका सात बुँदे माग राख्दै गत सोमबारदेखी अनशन बसेका  डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपनि उनले औषधि लिन मानेका छैनन्।

उनमा रिंगटा लाग्ने, थकान लाग्ने, श्वास फेर्न समस्या हुने, रक्तचाप र मुटुको धड्कनमा गडबडी  देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved