चोलेन्द्रशमशेरसँग थप स्पष्ट हुन समितिले पूरक प्रश्न सोध्ने

महाभियोग सिफारिस समितिले आज बिहान ९ बजे बोलायो बैठक

नेपालभ्युज

चोलेन्द्रशमशेरसँग थप स्पष्ट हुन समितिले पूरक प्रश्न सोध्ने

काठमाडौं । संसदको महाभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग पूरक प्रश्न सोध्ने भएको छ। यसअघि ४३ वटा प्रश्न सोधिसकेको समितिले आज थप स्पष्ट हुन बिहान ९ बजे बैठकमा बोलाएको छ।

बयानका क्रममा जबराले नाम लिएका सात जना वकिलसँग समितिले हिजो बिहीबार सोधपुछ गरेको थियो। सर्वोच्चका ६ जना बहालवाला न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले छलफलका लागि बोलाए पनि उनीहरू उपस्थित भएनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved