गठबन्धनले ४ असोजपछि मात्रै सिट बाँडफाँट टुंग्याउन कसरत गर्ने

प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै सिटमा गठबन्धनबाटै उम्मेदवारी दिने समझदारी भए पनि भागबन्डा मिल्न नसकेपछि अब चारपाँच दिनपछि मात्रै छलफल गर्ने समझदारी बनेको छ।

नेपालभ्युज

गठबन्धनले ४ असोजपछि मात्रै सिट बाँडफाँट टुंग्याउन कसरत गर्ने
फाइल तश्वीर

काठमाडौं। डेढ महिनासम्म निरन्तर छलफल गरे पनि सिट बाँडफाँटमा सहमति जुटाउन नसकेका सत्तारुढ गठबन्धनका दलले अब ४ असोजपछि मात्रै सिट बाँडफाँटमा छलफल गर्ने भएका छन्।

प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै सिटमा गठबन्धनबाटै उम्मेदवारी दिने समझदारी भए पनि भागबन्डा मिल्न नसकेपछि अब चारपाँच दिनपछि मात्रै छलफल गर्ने समझदारी बनेको छ।

सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेस गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँट टुंग्याउने नेताहरूले बताए। सहमति जुट्न नसकेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छोड्ने चेतावनी यसअघि नै दिएका थिए। तर, निर्वाचन क्षेत्र बाँडफाँटका बारेमा गठबन्धन दलबीच सकारात्मक दिशामा छलफल भइरहेको नेताहरू बताउँछन्।

गठबन्धनमा सिट बाँडफाँट मिलाउन कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन भएको थियो। कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ।

कार्यदलले शीर्ष नेताहरूसँगको सम्पर्कमा रहेर निरन्तर छलफल गरे पनि सहमति नजुटेको नेताहरू कार्यदलका एक सदस्यले बताए।

‘‘कार्यदलमा प्रतिनिधिसभाका १६५ सिटमध्ये नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका छन्।

अझै टसकोमस नभएपछि सहमति जुट्न सकेन,’’ ती सदस्य भने, ‘‘अब शीर्ष नेताहरू प्रत्यक्षतर्फका सिट बाँडफाँटको छलफल छोडेर समानुपातिक उम्मेदवार छान्नेतर्फ केन्द्रित भएका छन्। यसैले गठबन्धनका बैठक स्थगित भएको हो ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved