गुल्मीमा एक व्यक्तिले चितुवासँग लडेर जिते

नेपालभ्युज

गुल्मीमा एक व्यक्तिले चितुवासँग लडेर जिते

काडमाडौं। गुल्मीमा चितुवासँग झडप हुँदा एक व्यक्ति घाइते भएका छन् । झडपका क्रममा चितुवा मरेको छ । रेसुंगा नगरपालिका- ६ का ३० वर्षीय यमबहादुर कुँवर चितुवाको आक्रमणबाट घाइते भएका हुन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

आइतबार बिहान कुखुराको फार्ममा काम गर्न जाँदा एक्कासि चितुवाले आक्रमण गरेपछि कुँवर र चितुवाबीच करिब १० मिनेट झडप भएको थियो । चितुवाले ६१ वटा कुखुरा मारेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

कुँवरको प्रतिकारबाट चितुवा मरेको छ । उनको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved