एक लाख १५ हजार जना म्यादी प्रहरीको लागि भर्ना खुल्यो, असोज ६ गतेसम्म आवेदन म्याद

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि प्रहरी प्रधान कार्यालय नक्सालले भर्ना खुलाएको हो ।

नेपालभ्युज

एक लाख १५ हजार जना म्यादी प्रहरीको लागि भर्ना खुल्यो, असोज ६ गतेसम्म आवेदन म्याद
फाइल तश्वीर

काठमाडौं। एक लाख १५ हजार जना म्यादी प्रहरीको लागि भर्ना खुलेको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि प्रहरी प्रधान कार्यालय नक्सालले भर्ना खुलाएको हो ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले दरखास्त दिन सक्ने छन् । दरखास्त दिने म्याद यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म रहेको छ । दरखास्त सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दिन सकिने छ ।

दरखास्त दिनेहरु राजनीतिक दलको सदस्य नभएको, आतंककारी संगठनको सदस्य नभएको, फौजदारी अभियोगमा सजाय नपाएको, गर्भवती नभएको र आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको पनि हुनुपर्ने सूचनामा उल्लेख छ । असोज ९ गतेदेखि १४ गतेसम्म छनौट सुरु हुनेछ ।

स्थानीय तह निर्वाचन २०७४ र २०७९ तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचन २०७४ मा सन्तोषजनक काम गरेका म्यादी प्रहरीलाई प्राथमिकता दिइनेछ । यस्तै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र पूर्व वन रक्षकमा रहेर अवकास पाएकाहरु, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्नाका लागि आवेदन दिएर शारिरिक परीक्षा र स्वास्थ्य तन्दुरुस्तीमा पास भएकाहरु तथा मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरिसकेका व्यक्तिलाई छनोटमा प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved