‘नेपालमा क्रिकेटको लगाव आश्चर्यजनक’: ब्रेट ली

नेपालभ्युज

‘नेपालमा क्रिकेटको लगाव आश्चर्यजनक’:  ब्रेट ली

काठमाडौं। अस्ट्रेलियाली क्रिकेटर ब्रेट लीको उपस्थितिमा नेपाल क्रिकेट संघ क्यानले नेपाल टी–२० लिगको लोगो र ‘सिक्सर’ नामक औपचारिक एप पनि सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा क्यानले लोगो तथा एपसँगै लीलाई लिगको मेन्टर पनि घोषित गरेको हो । 

‘क्रिकेटको लागि विश्वभर पुगेको छु । तर, नेपालमा क्रिकेटप्रतिको लगाव भने आश्चर्यजनक लाग्यो ।’, लीले खुसी व्यक्त गर्दै भने ।
नेपालको युवा पुस्ताको क्रिकेटरहरूमा निकै क्षमता भएको र आगामी दिनमा दुवै महिला तथा पुरुष क्रिकेटरको क्षमता अभिवृद्धिमा आफूले सहयोग गर्ने पनि लीले बताए । 

आगामी ५ वर्षमा नेपालमा क्रिकेट र क्रिकेटरहरूको लागि राम्रो धरातल बन्ने विश्वास पनि लीले व्यक्त गरे । लिगमा मेन्टरको भूमिकामा रहेका लीले विशलेषक, प्रशिक्षक र खेलाडीलाई प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा सहयोग गर्ने  सेभेन थ्री स्पोर्ट्सका सहसंस्थावक जतिन अहलुवालियाले बताए । 

बिहीबार राति नेपाल आइपुगेका ली नेपालको अतिथ्यिबाट निकै खुसी भएको पनि जानकारी गराए । ली आज नै नेपालबाट भारत जानेछन् । यस्तै, सिक्सर एपमा भने सम्पूर्ण क्रिकेट समर्थकहरूले सरलरूपमा खेलको स्कोर, खेलको लाइभ प्रसारण र लिगको प्रतियोगिताबारे समस्त चरणबारे अवगत गराउने एपका मालिक आदित्यले जानकारी दिए ।

सो एप केही दिनमा एन्ड्रोइड र आईओएसमा निःशुल्क उपलब्ध हुनेछ । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved