आईएमईको दसैं अफर सार्वजनिक, दैनिक र साप्ताहिक गरी ९ विजेता छनोट

नेपालभ्युज

आईएमईको दसैं अफर सार्वजनिक, दैनिक र साप्ताहिक गरी ९ विजेता छनोट

काठमाडौं। दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा आईएमईले आम सेवाग्राहीलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दसैँ अफरअन्तर्गत पहिलो हप्ताका विजेता सार्वजनिक गरेको छ ।

बिहीबार काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार सेवाग्राहीहरू रोशन शर्मा र अलिसा बराल साप्ताहिक विजेता छनोट भएका छन् । रिया फानान्सियल सर्भिस बेल्जियम र अस्ट्रेलियाबाट पैसा पठाउने विजेता द्वयले जनही २५ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै, सेवाग्राहीहरू कृष्णप्रसाद भुसाल, बोमबहादुर थापा मगर, महेन्द्र मल्ल, निर्मल, शितल कुमार महतो, कृष्ण कुमार कटुवाल र मनोज मेयाङ्गबो दैनिक विजेता छनोट भएका छन् । उनीहरुले एक-एक सेट सामसुङ मोबाइल उपहार स्वरूप प्राप्त गर्नेछन् ।

‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थिममा’ आधारित रही यस पटकको स्किम सञ्चालन हुनेछ । अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल उपहारस्वरूप प्रदान गरिनेछ ।

साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई पच्चिस हजार रुपैयाँ उपहारस्वरूप प्रदान गरिनेछ । त्यस्तै, अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई रुपैयाँ १० लाख उपहारस्वरूप प्रदान गरिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved