नेपाल टी–ट्वान्टी लिगको अन्तिम २ टोली सार्वजनिक

नेपाल क्रिकेट संघ क्यानले टी–ट्वान्टी फ्रेन्चाइज लिग नेपाल टी–ट्वान्टी लिगको अन्तिम २ टोलीको नाम सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा क्यानले २ टोली र टोलीको मालिक सार्वजनिक गरेको हो।

नेपालभ्युज

नेपाल टी–ट्वान्टी लिगको अन्तिम २ टोली सार्वजनिक

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानले टी–ट्वान्टी फ्रेन्चाइज लिग नेपाल टी–ट्वान्टी लिगको अन्तिम २ टोलीको नाम सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा क्यानले २ टोली र टोलीको मालिक सार्वजनिक गरेको हो।

लिगका थपिएका टोलीमा पोखरा एभेन्जर्स र फारवेस्ट युनाइटेड रहेका छन्। पोखरा एभेन्जर्सको अध्यक्षमा पोस राज ज्ञवाली, कार्यकारी निर्देशकमा आतिश ज्ञवाली र निर्देशकमा सुबोध त्रिपाठी रहेका छन्।

‘‘पोखरालाई खेलकुदमार्फत चिनाउनलाई टोलीको नाम पोखरा एन्भेन्जर्स राखेका हौँ।’’, निर्देशक त्रिपाठीले जानकारी गराए। नेपाली खेलाडीहरूलाई भरपर्दो कर्मथलो बनाउने योजना रहेको पनि निर्देशक त्रिपाठीले जानकारी दिए।

संयुक्त अधिराज्यमा रहेका फारवेस्टका मालिक रुपिन्द्र बग्गाले भने कार्यक्रमलाई भिडियो सन्देशमार्फत सम्बोधन गरिन्।
‘‘नेपाल प्रिमियर लिगसँग जोडिदा निकै उत्साहित छु। यो लिगले नेपालमा क्रिकेटको विकाससँगसँगै समर्थकलाई मनोरञ्जन दिने विश्वास बोकेका छौँ’’, बग्गाले भनिन्।

लिगको ड्राफ्ट पनि चाँडै आयोजना हुने क्यानका महासचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए। उनले लिगमा तोकिएको मितिमा नै आयोजना हुने र लिगलाई विश्वको नै प्रतिष्ठित लिगको रूपमा स्थापित गर्ने क्यानको योजना भएको पनि बताए।

लिगको आयोजनामा भाग लिनु पाउनु आफू र आफ्नो कम्पनीको लागि सम्मानजनक भएको सेभेन थ्री स्पोर्ट्सका सहसंस्थापक जतिन अहलुवालियाले बताए।

यसअघि नै क्यानले ४ टोलीको घोषणा गरिसकेको छ। कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सको नाम यसअघि नै सार्वजनिक गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved