पल शाहले जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन गर्ने

नेपालभ्युज

पल शाहले जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन गर्ने

काठमाडौं । अभिनेता पल शाह जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाने भएका छन् । नवलपुर जिल्ला अदालतले उनलाई बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद सजाय तोकेको थियो ।

फैसलाको पुर्ण पाठ आएपछि उच्च अदालत पोखरामा पुनरावेदन गर्ने पल शाहका वकिल कमलामोहन वाग्लेले बताएका छन् ।

नाबालिकामाथि बलात्कारको मुद्दामा अदालतले पललाई सफाइ दिएको थियो । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष, २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो । त्यसविरुद्ध उनी उच्च अदालत जाने तयारीमा लागेका हुन् ।

पलविरुद्ध नवलपुर र तनहुँ जिल्लामा मुद्दा परेको थियो । तनहुँ जिल्ला अदालतमा रहेको अर्को मुद्दाको पेशी आगामी असोज २ गतेलाई तोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved