‘लाइनमा बस्न’भन्दा पक्राउ परेका गुरुङलाई रविले भेटे, मन्त्रीलाई नियम सिकाएकोमा दिए धन्यवाद

गुरुङलाई थुनामा नराखी स-सम्मान रिहाइ गर्न समेत रविले माग गरेका छन्। उनले भनेका छन्, ‘‘दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्री लाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस् ।’’

नेपालभ्युज

‘लाइनमा बस्न’भन्दा पक्राउ परेका गुरुङलाई रविले भेटे, मन्त्रीलाई नियम सिकाएकोमा दिए धन्यवाद

काठमाडौं। पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा आउनुस् भन्दा थुनामा परेका सुरक्षागार्ड शेरजंग गुरुङसँग रवि लामिछानेले भेटेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका रविले आज बिहान महानगरीय प्रहरी वृत्त दरबारमार्ग गएर भेट गरेका हुन्।

गुरुङसँगको तस्वीर उनले आफ्नो फेसबुकमा पोष्ट गरेका छन्। रविले भनेका छन्, ‘‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ।’’

आफूसँगको भेटमा गुरुङले आफूले ड्युटी पूरा गरेको र  कसैलाई कुनै दुर्व्यवहार नगरेको बताएको रविले उल्लेख गरेका छन्। गुरुङको भनाइ उद्धृत गर्दै भन्दै रविले लेखेका छन्, ‘‘गुरुङको छोरो आवाज अलि ठूलो भयो होला। तर, मैले कुनै दुर्व्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन, थाहा भए पनि ड्युटी त गर्नै पर्यो‍।’’

गुरुङलाई थुनामा नराखी स-सम्मान रिहाइ गर्न समेत रविले माग गरेका छन्। उनले भनेका छन्, ‘‘दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्री लाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस् ।’’

बिना कसुरमा सुरक्षा गार्डलाई अभद्र मुद्दा दायर गरेपछि मन्त्री श्रेष्ठ आक्रोश र आलोचनाको सिकार बनेका छन्।

शुक्रबार बिहान मन्त्री श्रेष्ठ श्रीमती, मन्त्रालयका कर्मचारी, सेना र प्रहरीबाट खटिएका अङ्गरक्षकसहित ठमेलस्थित क्यानेडियन भिसा सेन्टरमा गएका थिए। जाहेरीमा मन्त्रीमाथि सुरक्षा गार्डले दुर्व्यवहार गरेको भनिए पनि प्रहरी र मन्त्रीका दाबी पुष्टि हुने प्रमाण देखिँदैन। सरकारी सुरक्षार्कीसहितका मन्त्रीलाई एक जना सामान्य सुरक्षागार्डले कसरी दुर्व्यवहार गरे भन्दै आलोचना भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved