प्रतिनिधिसभामा एकै जिल्लाबाट श्रीमान श्रीमती नै सिफारिस

प्रतिनिधिसभामा एकै जिल्लाबाट श्रीमान श्रीमती नै सिफारिस

जनकपुरधाम। आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेले धनुषाका दुई निर्वाचन क्षेत्रबाट श्रीमान श्रीमतीलाई नै सर्वसम्मतरुपमा सिफारिस गरेको छ । जनकपुरधाममा आइतबार बसेको क्षेत्र नम्बर ३ को बैठकले पोलिटव्यूरो सदस्य जुलीकुमारी महतो र क्षेत्र नम्बर ४ को बैठकले स्थायी समिति सदस्य रघुवीर महासेठलाई सिफारिस गरेको नेकपा एमाले धनुषाका नेता बचनदेव पञ्जियारले जानकारी दिए ।

पार्टीको अर्को दिन बस्ने बैठकमा प्रदेशसभा, प्रतिनिधि सभा र समानुपातिक सदस्यको सूचीबारे निर्णय हुने नेता सोम शर्माले बताए । ०७४ को निर्वाचनमा जुली समानुपातिकबाट सांसद बनेकी थिइन् भने महासेठ धनुषा क्षेत्र नं ४ बाट निर्वाचित भएका थिए ।

सिफारिस भएका महतो र महासेठ श्रीमान श्रीमती हुन् । यसअघि उनीहरु ओली सरकारका पालामा आलोपालो मन्त्री समेत भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved