इन्द्रचोक र असनका पसल हटाउन महानगरको २४ घण्टे अल्टिमेटम

नेपालभ्युज

इन्द्रचोक र असनका पसल हटाउन महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्द्रचोक र असनका मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेको पसल हटाउने अभियान सुरु गरेको छ । महानगरले इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ ।

मापदण्डविपरीत अनधिकृत रूपमा राखिएका डिजिटल होर्डिङ बोर्ड हटाइरहेको महानगरले सम्पदा तथा मन्दिर क्षेत्र ओगटेर सञ्चालन भइरहेका पसल हटाउने भएको हो ।

काठमाडौं महानगरपालिका-२५ नम्बर वडा कार्यालयले एक सूचना जारी गर्दै इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर वरिपरिको खास्टो व्यापार, भेडासिंस्थित श्री भवानी शंकर मन्दिर क्षेत्रमा नौदेबल (माटोको भाँडा कुँडा), को लगायत अन्य अवैधरूपमा सञ्चालित व्यापार व्यवसाय हटाउन निर्देशन दिएको हो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved